९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


नासु कार्की घुस लिँदालिँदै पक्राउ


0
Shares

काठमाडौं, असार १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका नायब सुब्बा दीपककुमार कार्कीलाई एक सेवाग्राहीसँग घुस लिँदालिँदै विहीबार पक्राउ गरेको छ ।

घुस लिँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको विशेष टोलीले रु २० हजार घुससहित काठमाडौं महानगरपालिका–१३ कालीमाटीस्थित युनाइटेड फाइनानान्सअगाडिबाट पक्राउ गरेको हो ।

सरकारी छाप कीर्ते मुद्दाका अभियुक्तसँग मुद्दा चाँडै मिलाइदिने भन्दै कार्कीले घुस लिएका थिए ।

यस्तै, आयोगले विहीबारै राक्सिराङ इलाका वन कार्यालय मनहरि मकवानपुरमा कार्यरत् सहायक वन अधिकृत रामकृष्ण कुश्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार वन अधिकृत कुश्ले सामुदायिक वन उपभोक्ता समिति भार्ताले बिक्री गरेको काठ दाउरा लोड गरी लैजाने प्रक्रियामा विभिन्न बहाना बनाइ रु एक लाख ८० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए ।

आयोगले वन अधिकृत कुश्लेविरुद्ध हदैसम्मको कारबाहीको माग गरेको छ । रासस