
काठमाडौं, असार १६ । भारतमा हत्या गरिएका हुम्लाका राजु सुनार र मदन सुनारका आफन्तहरुले उनीहरुका हत्यारालाई खोजी गरी कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
आज राजधानीमा पत्रकार सम्मेलन राजु र मदनका श्रीमतीले एक महिना अघि भारतको तित्वालामा उनीहरुको हत्या भएको र हत्याराको खोजी गर्न प्रशासनले उदासिनता देखाएको वताएका हुन् ।
हत्याराको खोजीका लागि स्थानीय प्रशासनले चासो नदेखाएको भन्दै उनीहरुले दोषी पत्ता लगाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरु दुबै जना सात बर्षदेखि भारतको तित्वाला प्रान्तमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । पत्रकार सम्मेलनमा राजु र मनदका श्रीमतीले अन्य मुलुकमा जस्तै भारतमा जाने कामदारका लागि पनि बीमाको ब्यवस्था गर्न माग गरेका थिए ।
उनीहरुले हत्यामा संलग्नलाई खोजी गरी कारवाही गर्न भारतस्थित नेपाली दूतावासको पनि ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्