
काठमाडौं, असार १६ । भूमध्य सागरमा दुर्घटनाग्रस्त भएको इजिप्ट एयरको विमानभित्र धुँवा देखिएको पुष्टि भएको छ ।
इजिष्टका जाँचकर्ताहरुले ब्ल्याकबक्सको परीक्षण गर्दा विमान भित्र धुँवा देखिएको पुष्टि भएको हो । विमानले पठाएको अटोमेटिक इलेक्ट्रोनिक सन्देशबाट विमानको एक शौचालय र ककपिटको तल धुँवाको संकेत देखिने प्रणालीले काम गरेको बताइएको छ ।
यो सन्देश आएको केही समयमै विमान बेपत्ता भएको थियो । गत मे १९ मा पेरिसबाट कायरोका लागि जाँदै गरेको इजिप्ट एयरको विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको थियो ।
विमानको फ्लाइट डेटा रेकर्डर भने भूमध्यसागरमा फेला परेको थियो । विमान दुर्घटना हुनुको कारणबारे थप अनुसन्धान जारी रहेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्