९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सगरमाथा चढेर ‘कीर्तिमान’ बनाएका भारतीय दम्पतीको आरोहण नै विवादमा


0
Shares

काठमाडौं, असार १५ । भारतका तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो दम्पतीको कीर्तिमान राखेका एक जोडीको आरोहण दाबी विवादमा परेपछि प्रहरीले छानबिन सुरु गरेको छ ।

दिनेश र ताराकेश्वरी राठौर दम्पतीले गत मे २३ तारिखमा सगरमाथाको शिखरमा पुगेको बताएका थिए ।

तर, उनीहरुसँगै गएका केही पर्वतारोहीले भने राठौर दम्पतीले चुचुरोमा पुगेको तस्वीर ‘फोटोसप’का माध्यमबाट बनाएको आरोप लगाएका छन् ।

तर, दुबै प्रहरी अधिकृत रहेका राठौर दम्पती र उनीहरुका ‘गाइड’ले भने आरोप अस्वीकार गरेका छन् ।

राठौर दम्पतीलाई सगरमाथा लैजाने व्यवस्था मिलाएको मकालु एडभेन्चरले भने उनीहरु सगरमाथाको शिखरमा पुगेको सम्बन्धमा कुनै आशंका नभएको जनाएको छ ।

पुणेमा कार्यरत् उनीहरुको सगरमाथा आरोहणका विषयमा त्यहाँको प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

नेपाल सरकारको पर्यटन विभागले उनीहरुलाई प्रदान गरेको सगरमाथा आरोहणको प्रमाणपत्रको वास्ताविकताका विषयमा पनि छानबिन गरिने जनाइएको छ । (एजेन्सी)