९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


६१ वर्षीय जापानीको अनौठो प्रेम कहानी (फोटो फिचर)


0
Shares

टोकियो, असार १५ । प्रेमका अनेकौं कथा विश्वमा स्थापित छन् । तर जापानमा एउटा नौलो प्रेम कथा स्थापित हुँदैछ । यो प्रेम युवा–युवती वा पुरुष–महिलाबीच नभई एक जापानी प्रौढ नागरिक र एउटा खेलौनाबीचको हो ।

६१ वर्षीय सेन्जी नाकाजिमा विवाहित पुरुष हुन् । उनका दुई सन्तान पनि छन् । तर उनी एक खेलौनासँग प्रगाढ प्रेम सम्बन्ध गाँसिरहेका छन् । साओरी नाम गरेको एउटा खेलौना उनले ६ वर्षअघि खरिद गरेका थिए । महिला आकृतिको पूर्ण कदको सो खेलौना अहिले उनको सहयात्री बनेको छ ।

सेन्जीले साओरीलाई खेलौना मान्दैनन् । ‘यो त मेरी प्रेमिका हो,’ उनी भन्छन्, ‘म एकछिन पनि छुट्टिएर बस्न सक्दिनँ ।’

सेन्जी भन्छन्, ‘साओरी र अरु महिलामा भिन्नता छ, यो अरुजस्तो पैसाको पछाडी भाग्दिन । यो खेलौना होइन, मेरो प्राण हो ।’

सेन्जी जहाँ गए पनि साओरीलाई साथ लिएर हिँड्छन् । एउटा ह्विल चेयरमा साओरीलाई राखेर उनी विभिन्न ठाउँमा पुग्छन्, किनमेल गर्नुपर्दा पनि सँगै लिएर जान्छन् ।

यहाँ सम्मकी, साओरीलाई नुहाइदिने, उसका सपडा धोइदिने, कपाल कोर्ने लगायतका काम पनि उनी आफैं गर्छन् । ‘अरुले जस्तो साओरीले मलाई कहिल्यै धोका दिनेछैन,’ उनी विश्वस्त भएर भन्छन् ।

 

(

(एजेन्सी)