७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पप स्टार लेडी गागालाई चीनमा प्रतिबन्ध


0
Shares

बेइजिङ, असार १५ । विश्व प्रख्यात पप स्टार लेडी गागालाई चीनमा प्रतिबन्ध लगाइएको छ ।

समाचार एजेन्सीहरुका अनुसार चीनमा गागाका कुनै पनि कार्यक्रम गर्न रोक लगाइएको हो । चीन सरकारले उनलाई ‘विदेशी शत्रु’ को सूचीमा राखेको बताइएको छ ।

केही दिनअघि गागाले निर्वासित तिब्बती नेता दलाई लामासँग भेट गरेकी थिइन् । उनले सो भेटका क्रममा तयार पारिएको १९ मिनेट लामो भिडियो आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेलगत्तै चीन सरकारले यस्तो निर्णय लिएको हो ।

चीनले लामालाई पृथकतावादी नेता मान्दै आएको छ । (एजेन्सी)