
काठमाडौं, असार १४ । विश्व फुटबलका महान हस्ती डिएगो म्याराडोनाले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीलाई सन्यासको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।
उनले अर्जेन्टिनी मिडियासँग कुरा गर्दै मेसीले आगामी विश्वकप खेल्नुपर्ने बताएका हुन् । रुसमा सन् २०१८ मा हुने विश्वकपमा मेसीले देशको प्रतिनिधित्व गर्नुपर्ने उल्लेख गर्दै म्याराडोनाले भने, ‘अर्जेन्टिनालाई विश्वविजेता बनाउन मेसीले अर्को विश्वकप खेल्नैपर्छ ।’
मेसीमाथि अधिकांश अर्जेन्टिनीको विश्वास र भरोसा कायमै रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्