१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘चोरी गर्न गएकाहरु’ले गरे व्यवसायीको हत्या


0
Shares

रविन भट्टराई (इमेज)
ताप्लेजुङ, असार १३ । ताप्लेजुङका व्यवसायी लालबहादुर खड्काको हत्यामा संलग्न तीनजनालाई प्रहरी सोमबार सार्वजनिक गरेको छ ।

गत जेठ २४ गते राति आफ्नै घरमा हत्या गरिएका खड्काको हत्यामा संलग्न फुरुम्बु–१ मयामका २३ वर्षीय अर्जुन लेछर्बो, सोही स्थानका १८ वर्षीय सन्दीप लेछर्बो र हिमाल लेछर्बोलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

खड्काको घरमा चोरी गर्न गएका उनीहरुले खड्काको हत्या गरेको अनुसन्धानकाक्रममा पाइएको ताप्लेजुङका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।