१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


क्वार्टरफाइनलमा को–को ? इटाली र स्पेन, इंग्ल्यान्ड र आइसल्यान्ड भिड्दै


0
Shares

काठमाडौं, असार १३ । युरोकप फुटबलको अन्तिम दुई प्रिक्वार्टरफाइनलका खेल सोमबार (आज) राति हुँदैछन् ।

नेपाली समयअनुसार राति पौने १० बजे इटाली र स्पेन भिड्दैछन् । इटाली समूह ‘ई’को विजेता टोली हो भने स्पेन समूह ‘डी’को उपविजेता हो ।

त्यस्तै, राति (मंगलबार बिहान) पौने १ बजे इंग्ल्यान्ड र आइसल्यान्ड भिड्दैछन् ।

इंग्ल्यान्ड समूह ‘बी’को उपविजेता हो भने आइसल्यान्ड समूह ‘एफ’को उपविजेता हो ।

यी खेलसँगै क्वार्टरफाइनल समीकरण पनि पूरा हुनेछ ।

यसअघि, आइतबार रातिका खेलमा विजयी हुँदै फ्रान्स, जर्मनी र बेल्जियम क्वार्टरफाइनलमा पुगेका छन् भने त्यसअघिका खेलमा विजयी हुँदै पोल्यान्ड, वेल्स र पोर्चुगल पनि अन्तिम आठमा पुगिसकेका छन् ।