१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


बुद्धधर्मसम्बन्धी पुस्तकभित्र चरेस, दुईजना समातिए


0
Shares

काठमाडौं, असार १३ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंको बूढानिलकन्ठबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा डुमराना–७ का २५ वर्षीय साइमन तामाङ र नुवाकोट बुमताङ–४ का ३७ वर्षीय धनबहादुर तामाङ रहेका छन् ।

उनीहरुको साथबाट इँटा आकारका ‘स्ल्याब’ बनाइएको ३० किलो चरेस र बुद्धधर्मसम्बन्धी पुस्तकको गाता बनाइएको ५ किलो चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरुको अन्तर्राष्ट्रिय गिरोहहरुसँग सम्पर्क रहेको पनि प्रहरीले जनाएको छ ।