९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


२२२ जना यात्रु सवार विमान ठूलो दुर्घटना हुनबाट जोगियो


0
Shares

काठमाडौं, असार १३ । सिंगापुर एअरलाइन्सको एउटा विमान सोमबार ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

सिंगापुरबाट इटालीको मिलानका लागि उडान भरेको सिंगापुर एअरलाइन्सको ‘बोइङ ७७७’को इन्जिनमा खराबी देखिएपछि चालकले सिंगापुर फर्काइ आपत्कालीन अवतरण गराउँदा विमानको दायाँ भागको इन्जिनमा आगलागी भएको थियो ।

विमानमा रहेका १९ जना चालकदलका सदस्य र २ सय २२ जना यात्रु भने सकुशल छन् ।

ती यात्रुहरुलाई अर्को विमानबाट मिलान पुर्‍याउने व्यवस्था गरिएको छ । (एजेन्सी)