१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


चिर्पट प्रहार गरी आमाको हत्या


0
Shares

दमक, असार १३ । घरायसी झगडा हुँदा झापा, पृथ्वीनगरमा आज बिहान ३ बजेतिर छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

पृथ्वीनगर गाविस–२ बस्ने देशु भनिने २४ वर्षीय देशराज तामाङले ४५ वर्षीया आमा तारादेवीको चिपर्ट प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चिपर्टले टाउकोमा प्रहार गर्दा घटनास्थलमानै आमा तारादेवीको ज्यान गएको थियो ।

हत्यामा संलग्न देशराजलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको झापाका प्रहरी प्रवक्ता डिएसपी हरिराज शर्माले जानकारी दिए ।

देशराजले रिसइवीका कारण आमाको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । (रासस)