१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


आयरल्याण्डलाई पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा प्रवेश


0
Shares

पेरिस, असार १२ । आयोजक फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रि–क्वाटरफाइनलमा फ्रान्सले आयरल्याण्डलाई २–१ ले पराजित गरेको हो ।

खेलको सुरुवातमै आयरल्याण्डले अग्रता लिएको भए पनि उत्कृष्ट पुनरागमन गर्दै फ्रान्स विजयी भयो ।

खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत रोबर्ट ब्राडीले आयरल्याण्डका लागि गोल गर्दै अग्रता दिलाएका थिए ।

मध्यान्तरपछि फ्रान्सले खेलमा उत्कृष्ट पुनरागमन गर्दै आयरल्याण्डलाई दबाबमा राख्यो । ५८ औं मिनेटमा फ्रान्सका लागि एन्टोनी ग्रिजमानले गोल गरेर खेललाई बराबरीमा ल्याए । ६१ औं मिनेटमा उनले नै आकर्षक शटमार्फत अर्को गोल थपेर टिमलाई २–१ को अवस्थामा ल्याए ।

बाँकी समय दुबै पक्षबाट गोल हुन नसकेपछि नजिता फ्रान्सको पक्षमा गएको हो ।