८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


गुडिरहेको बसमा आगो लाग्दा कम्तीमा ३० जनाको मृत्यु


0
Shares

बेइजिङ, असार १२ । मध्य चीनमा आइतबार गुडिरहेको एउटा बसमा अचानक आगो लाग्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

केही संचारमाध्यमले भने मृत्यु हुनेको संख्या ३५ पुगेको जनाएका छन् ।

अधिकारीहरुका अनुसार हुनान प्रान्तमा भएको सो दुर्घटनामा अन्य केही यात्री घाइते भएका छन् । ५५ यात्री सवार सो बस सडक छेउको रेलिङमा ठोक्किएपछि आगो लागेको बताइएको छ ।

घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ । (एजेन्सी)