
काठमाडौं, असार १२ । पोर्चुगल, पोल्याण्ड र वेल्स फ्रान्समा जारी युरो कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको प्रिक्वाटरफाईनल खेलहरुपछि स्विट्जरल्याण्ड, क्रोएसिया र नर्दन आयरल्याण्डको युरोकप यात्रा भने सकिएको छ ।
अन्तिम १६ को खेलमा पोर्चुगलले क्रोएशियालाई अतिरिक्त समयमा पराजित ग¥यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा पोर्चुगलका रिकार्डो करिज्माले निर्णायक गोल गरे ।
प्रि क्वाटरफाईनल अन्तर्गतकै अर्को खेलमा नर्दन आयरल्याण्डलाई १-० ले हराउँदै वेल्स पनि क्वाटरफाईनलमा पुगेको छ । खेलमा नर्दन आयरलयाण्डका ग्यारेथ म्याक्वेलीले आत्मघाती गोल गरेपछि वेल्सले साँघुरो जित निकालेको हो ।
राउण्ड अफ सिक्सटिन अन्तर्गतको पहिलो खेलमा स्वीट्जरल्याण्डलाई हराउँदै पोल्याण्ड पनि क्वारटफाईनलमा पुगेको छ । खेलको ३९ औं मिनेटमा पोल्याण्डका ब्लाजिकोस्कीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिए ।
दोस्रो हाफको ८२ औं मिनेटमा खेर्दान साकिरीले एक गोल फर्काउदै खेल बराबरी गरे । यसपछि थपिएको समयमा कुनै टोलीले गोल गर्न नसकेपछि खेल टाई ब्रेकरमा पुग्यो । टाई ब्रकेरमा स्विट्जरल्याण्डलाई ५-४ ले हराउँदै पोल्याण्ड क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
युरोकप फुटबलमा आज पनि प्रि क्वाटरफाईनलका तीन खेल हुनेछन् । साँझ पौने ७ वजे हुने खेलमा फ्रान्स र आयरल्याण्ड भिड्दा वेलुकी पौने १० वजे जर्मनीले स्लोभाकियासँग खेल्नेछ । यसैगरी राती पौने १ वजे हंगेरी र बेल्जियम भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्