१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘झापामा एक वर्षमा १५ जनाको हत्या’


0
Shares

झापा, असार ११ । झापामा एक वर्षभित्रमा १५ जनाको हत्या भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शनिबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो उल्लेख गरिएको छ ।

विभिन्न आपराधिक घटनामा कमी आएपनि गएको ६ महिनामामात्रै झापामा ६ जनाको हत्या भएको छ भने १२ ओटा बलात्कारका घटना भएको उल्लेख छ ।

इन्सेकको प्रतिवेदनमा एउटा अपहरणको घटना भएको जनाइएको छ ।

बलात्कारका घटनामा बालिका बढी पीडित भएका छन् । सो अवधिमा आठओटा बलात्कारका घटना बालबालिकासँग जोडिएका छन् भने चारजना महिला बलात्कृत भएका छन् ।

यस अवधिमा एक बालक, दुई महिला र तीन पुरुषको हत्या भएको छ ।

अधिकांश घटना यौनसँग सम्बन्धित रहेकोसमेत इन्सेकका प्रतिनिधि अर्जुन बस्नेतले बताए । रासस

फाइल फोटो