८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भारत एनएसजीको सदस्य बन्न असफल


0
Shares

काठमाडौं, असार ११ । भारत, न्यूक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी)को सदस्य बन्न असफल भएको छ ।

दक्षिण कोरियाको राजधानी सियोलमा भएको एनएसजी बैठकको विशेषसत्रमा ब्राजिल र स्वीट्जरल्यान्डलगायतका मुलुकले भारतलाई समर्थन नगरेपछि उसको चाहना सफल हुन नसकेको हो ।

सन् २००८ मा भने ती मुलुक भारतको पक्षमा थिए । भारतको आशाअनुसार अमेरिकाले पनि भूमिका नखेलेको बताइन्छ ।

भारतको चीनसँग पनि सम्बन्ध राम्रो हुन सकेन । भारत–अमेरिकाको सम्बन्धका कारण पछि चीनको भूमिका सकारात्मक बन्न नसकेको अनुमान गरिएको छ ।

योपटक भारतले एनएसजीको सदस्य बन्न विगत केही महिनादेखि ‘लबिङ’ गरेको थियो । (एजेन्सी)