
वासिंटन, असार १० । अमेरिकी राष्ट्रपति बाराक ओबामा सन् २०१७ को सुरुवातमा ह्वाइट हाउसबाट बिदा हुँदैछन् । अमेरिकी राष्ट्रपतिका रुपमा दुई कार्यकाल पुरा गरी ह्वाइट हाउसबाट बाहिरिएपछि उनी के गरेर बस्लान् भन्नेबारे धेरैले धेरैथरी अनुमान गर्दै आएका थिए ।
स्रोतका अनुसार ओबामाले अवकाशप्राप्त जीवन सदुपयोग गर्नका लागि एउटा बास्केट बल टिम खरिद गर्ने योजना बनाएका छन् । उनी बास्केट बल खेलका प्रेमी पनि हुन् । बेला बखत उनी बास्केट बल प्रतियोगिता हेर्न समेत जाने गरेका छन् ।
ह्वाइट हाउसका प्रवक्ता जोश इर्नेस्टका अनुसार ओबामाले एउटा बास्केट बल टिम खरिद गर्नेबारे छलफल गरिरहेका छन् । उनी सिकागो बुल्स टिमको प्रशंसक हुन् । उनले कुन टिम खरिद गर्ने हुन् भन्ने प्रष्ट भइसकेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्