८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अमेरिकी आधार क्षेत्रहरुमा आक्रमण गर्न सकिन्छ : उत्तर कोरियाली शासक किम


0
Shares

काठमाडौं, असार ९ । उत्तर कोरियाका शासक किम जोङ उनले पछिल्ला मिसाइल परीक्षणले अमेरिकी ‘वेस’हरुमा आक्रमण गर्ने निश्चित क्षमता राख्ने बताएका छन् ।

उत्तर कोरियाको पूर्वी समुद्री तटमा दुईओटा मध्यम दूरीका मिसाइल परीक्षण गरेपछि बोल्दै किमले प्यासिफिक क्षेत्रमा रहेका अमेरिकी आधार क्षेत्रहरुमा व्यवहारिक रुपबाटै आक्रमण गर्न सकिने उल्लेख गरे । परीक्षण ठूलो उत्सव भएको किमको भनाइ थियो ।

बुधबार (हिजो)मात्र उत्तर कोरियाले गरेको दुईओटा मध्यम दूरीका मिसायल परीक्षणमध्ये एउटा सफल भएको थियो ।

सफल मिसाइल परीक्षण समुद्रमा खस्नुअघि ४ सय किलोमिटर माथिको उचाइ लिएको थियो ।

उत्तर कोरियाले पछिल्लो दुई महिनामा चारओटा असफल मिसाइल परीक्षण गरिसकेको छ ।

संयुक्त राष्ट्रसंघ, दक्षिण कोरिया र जापानले उत्तरको ब्यालेस्टिक मिसाइल परीक्षणको निन्दा गरेका छन् ।

आणविक हतियार विकास गरिरहेको उत्तर कोरियाले राष्ट्रसंघको प्रस्तावनाबाटै प्रतिबन्धित ब्यालेस्टिक मिसायल प्रविधि प्रयोग गरेको हो । (एजेन्सी)