१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


गोली हानेर प्रहरीले काठमाडौंमा ‘गुन्डा’ समात्यो


0
Shares

काठमाडौं, असार ९ । गुन्डागर्दीमा संलग्न एक युवकलाई विहीबार दुई राउन्ड गोली प्रहार गरी प्रहरीले काठमाडौंको बिजुलीबजारबाट नियन्त्रणमा लिएको छ ।

गोली प्रहार गरी नियन्त्रणमा लिइएका युवक जसवन्त राई भनिने कर्ण गुरुङ भएको प्रहरीले जनाएको छ ।

प्रहरीले हानेको गोली गुरुङको दाहिने खुट्टाको तीघ्रा र पिँडुलामा लागेको छ । वीर अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।

विगत लामो समयदेखि काठमाडौंको टेकु, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा गुन्डागर्दीमा संलग्न रहेका गुरुङलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीमाथि उनले फलामको रड प्रहार गर्न खोजेपछि बाध्य भएर गोली चलाएको जनाएको प्रहरीले जनाएको छ ।

फाइल फोटो