८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


उत्तर कोरियाद्वारा पूर्वी समुद्री तटमा दुईवटा मिसाइल परिक्षण


0
Shares

काठमाडौं, असार ८ ।  उत्तर कोरियाले पूर्वी समुद्री तटमा दुई वटा मध्यम दूरीका मिसाइल परिक्षण गरेको छ । दक्षिण कोरियाका अनुसार पहिलो परिक्षण असफल भएको दुई घण्टा मै उत्तरले अर्को सफल मिसाइल परिक्षण गरेको हो ।

मुसुदान नामको शक्तिशाली उक्त मिसाइल समुद्रमा खस्नु अघि ४ सय किलोमिटर माथिसम्मको उचाई लिएको थियो । उत्तर कोरियाले पछिल्लो दुई महिनामा चार वटा असफल मिसाइल परिक्षण गरि सकेको छ ।

दक्षिण कोरिया र जापानले उत्तरको ब्यालेष्टिक मिसाइल परिक्षणको निन्दा गर्दै यसलाई सहन नसकिने बताएका छन् ।

आणविक हतियार विकास गरिरहेको उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रस्तावनाबाटै प्रतिबन्धित ब्यालेष्टिक मिसायल प्रविधि प्रयोग गरेको हो । (एजेन्सी)