
काठमाडौं, असार ८ । भारतको विभिन्न राज्यमा चट्याङ लागेर कम्तिमा ७९ जनाको मृत्यु भएको छ । मारिनेमा विहार , झारखण्ड र मध्य प्रदेशका नागरिक रहेको अधिकारीहरुले जनाएका छन् ।
बिहारमा मात्रै ५० जनाको मृत्यु भएको छ । चट्याङ लागेर पूर्वी झारखण्डमा १० , मध्य प्रदेशमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । मारिनेमा पानी परिरहेको बेला खेतका काम गरिरहेकाहरु बढी परेका छन् ।
बिहार सरकारले प्रत्येक मृतकका परिवारलाई चार÷चार लाख भारतीय रुपैयाँ उपलब्ध गराएको छ । बिहारमा केही दिनदेखि पानी पर्ने क्रम जारी छ । भारतमा प्रदेश वर्ष चट्याङका कारण कम्तिमा २ हजारको मृत्यु हुने गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्