८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बिहारमा चट्याङ लागेर एकैदिन २९ जनाको मृत्यु


0
Shares

काठमाडौं, असार ८ । भारतको बिहारमा चट्याङ लागेर एकैदिन २९ जनाको ज्यान गएको छ ।

मंगलबार बिहारको राजधानी पटनालगायत अरु ८ जिल्लामा गरी २९ जनाको मृत्यु भएको हो ।

बिहारमा केही दिनदेखिको अविरल वर्षाकाक्रममा परेको चट्याङमा अरु ९ जना घाइते भएका छन् ।

बिहार सरकारले मृतकका परिवारलाई चार–चार लाख भारतीय रुपैयाँ उपलब्ध गराएको छ ।

बिहारमा केही दिनदेखि पानी पर्नेक्रम जारी छ । वर्षाकै कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । (एजेन्सी)