
केशव महरा (इमेज)
डोटी, असार ७ । गत जेठ २८ गते राति डोटीको तलकोटमा गोली प्रहार गरी २० वर्षीया मीना साउदको हत्या गरेको आरोपमा प्रहरीले बैतडीका लालबहादुर चन्दलाई पक्राउ गरेको छ ।
बैतडीको सर्माली–१ घर भइ हरिहर उमावि पचनाली तलकोटमा पढाउँदै आएका ३७ वर्षीय चन्दलाइ प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।
प्रेम सम्बन्धमा खटपट आएपछि चन्दले मीनाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्