७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नयाँ शक्ति – वाँदर मदारी र दृष्टिभ्रम


0
Shares

नरेन्द्रराज पौडेल – तन डोले मोरा मनडोले मोरा दिलका गया करार रे । कौन बजाए बन्सरियाँ ।कर्नाटक संगीत मिसिएकोसुरिलो धून र मेलोडिक लयमा सहनाई बजाएरसर्प नचाउँदैै गाएको गीत थियो यो । शायद फिल्म थियो नागिन । मदारीले दिएको सहनाइको स्वर,धून र सर्पको तालमा सहज प्रकारको समन्वय देखिन्थ्यो । त्यो फिल्म बनेको त पहिल्यै हो । तर पारितिरका पेशेवर मदारी चैं अहिले झनै बढेका छन । थरिथरिका सर्पहरु कोही काँँधमा भिरेर कोही टोकरी त कोही फेटामा राखेर प्रवेश दर्छन र नचाउँछन । एभरेजमा छलकपट आडम्बरकै कलापूर्ण प्रस्तुतिमा सान र मान देख्छन सर्कससाधक सपेराहरु । धेरै खुशी हुँदा या मेटिङको सिजनमा भने सर्प आफैं पनि लहराउदै गुँडुल्किदै दुम्किदै र फँडा फैलाउँदैनाच्ने गर्दछन। तर आपूm नाच्नुमा भन्दा अरुले नचाएकोमा बढी खुशी गौरव र सवथोक अनुभव गर्दारहेछन सर्पहरु ।

मदारीले पनि जथाभावीसर्प नचाउँदैन । दाउछुकबेछुक हेरी कहिले यो चौवाटो, कहिले त्यो चोक ,कहिले ऊबसपार्क गर्दै प्रतिदिन आफ्नो ठाउँठहर निधारित गर्छ । काम कमाइ सदा एकनास हुनु नहुनु फरक पर्दैन । तर निःसार देखिने जीवनलाई सधैं सारपूर्ण र व्यस्त वनाउन भने खप्पीस देखिन्छ मदारी। हुन त पेटारीबाट लम्बेतानको सर्प निकालेर रमिता गर्ने र मान्छेको भीड जुटाउने यो क्रम उहील्यैदेखि चली आएको थियो । दानापानी जोगाड गर्ने रहेभएको अस्तित्व विसाउने र ठालूपन बोध गर्ने त्यही नाच मदारीको पनिसारसम्पत्ति बन्दो रहेछ ।नाच्दै गरेको कालो न कालो लम्बेतान गोमन सर्पबाट कोही डर त्रास र केही मनोरञ्जन प्राप्त गर्न दर्शकहरु वरपर झुम्मिने गर्छन । एक्लैभए भाभागाभाग गर्नेदर्शक पनि समूहमा भएपछि डराउनुको पनि बेग्ल्लै मजा मानेर उत्सुक रहन्छन । 

उनीहरुलाई के भ्रम हुन्छभने सर्प सर्प नै हो । तीखा दाँत गरेको यस्तो विषलु सर्पलाइ कज्याएर टोकरीमाबन्द गर्ने अनि चाहेको बेला बाहिर ल्याएर नौटङ्की तालमा नचाउने कत्रा महान शक्ति रहेछन त चटकी भैया । सोझा दर्शक घरायसी टेन्सन र अरु कामकुरो छोडेर सर्पनाचमा वरिपरि धुइरिन्छन । कक्षा बंक गरेर विद्यार्थी, कारखाना छोडेर कामदार जम्मा हुने र वरपर धुरा लाग्ने क्रम बढी नै रहन्छ । अनि मदारीले सहनैको धून र लय फेरीफेरी तालतालमा सर्प नचाउदै जानुबाटत्रास उत्सुकता र मनोविनोदको चरम अवस्थामा पुगेको भान हुन्छ । तर बबुरा दर्शकहरुलाई के थाहासर्पहरु कान सुन्दैनन— सहनाइ फुकेको सुनेर नभै मालिकको इसाराकै भरमा त्यत्तिकै नाचीदिएकामात्र हुन । 

सर्कसमा सर्पहरु दात झिकेर अपाङ्ग बनाइएका हुन्छन । लिब्री लिब्री जिब्रो बाहिर झिकेर फडाँ उठाएर नेतालेजस्तै भाषण बर्बराएको अभिनय गर्नु उनीहरुको वाध्यात्मक रोजगारी हो । आधुनिक राजनीतिका केस्रा धस्रा केलाउनेहो भने त्यही सर्पको पनि जातीय पहिचान हुनेरैछ । त्यही पहिचानको हतियार खेलाएर मदारीको कपटपूर्ण खेला कार्यान्वयन हुन्छ । उसले सोझा दर्शकलाई बाङ्गोटिङ्गो सर्प देखेर तिमी डराउ भन्ने सन्देश दिन्छ ।“अहिले नडराए भरे राती तिमीलाई यही सर्पले तक्षक बनेर हावाबाटै तिम्रो घरभित्र पसेर डस्नेछ । यसको अहिले नै पूजा धूपधुवार गर । भेटी चडाउ । नत्र तिम्रो वसोवास चुलो ताउलो बाटो गल्ली सब बन्द होला । फेरी परौला अर्को नाकाबन्दीमा ।”सोझा दर्शक आआफ्ना खल्तीमा हात छिराएर भएनभएको दक्षिणा टकार्छन गच्छे अनुसार ।

अरु खाले चटकीका अरु पनिअनेक ताल सुर हुन्छन । जिउदो बालकलाईपनि लोकका आँखाअगाडिभुतुक्कै बनाउँदै प्रेतलोक पुराएर त्यही प्रेतात्मासंग अन्तरवार्ता लिँदै सामु उभिने अपरिचित मान्छेहरुको रुप लिङ्ग आकार, दिशा हुलिया भन्न लगाउछन । मरेको अभिनय गर्ने बालकले पूर्वपरिचितझैं गरेर अपरिचितको अनुहार वस्त्र हुलिया ठ्याकठ्याकी बताइदिन्छ । अनि समयान्तरमा डमडम पडररर डमरु बजाएर मन्त्रतन्त्र भट्याउँदै वालकलाई पुनः जीवितै खडा गर्ने किस्मत दर्शकलाई अचम्मै लागाउने हुन्छ । त्यस्तै वाँदर नाच चलाउनेचटकीका पनि ताल सुर अनेक हुन्छन ।

पटङ पुटुङ पटटको तालपिच्छे मदारीले भट्याएको चर्कोआवाज बाँदरले लक्षणा व्यञ्जनाकै परि लगाएर बुझ्छ र उसले त्यही व्यञ्जनाको नाच गर्छ । पोलमाथि उफ्रिनेर डोरीमा हिँड्ने बादरले मालिकको आदेश इसारा मुख्य आधार मान्दछ ।तर छिमेकीले चटकी मदारी पठाएर सर्प बाँदर मात्र नचाउदैनन मान्छेकै जुनि लिएका मान्छेलाई पनि नचाउछन भन्ने प्रमाण नयाँ शक्तिको टुडिखेल नाचमाप्रकट भएको छ । मुस्लिम नवावहरुको रवाफ झल्किने कवाफसहितको वीर्यानीले पेट पूजको नयाँनौलो अवसर समेत पाउँनुले नेपाली चिन्तक बुद्धिजीवी र याक्टिभिष्ट र धर्माधिकारीसमेतलाईसुकिला भृत्यको रुपमा मायावी स्तम्भनको अवस्थामा पु¥याइ दिएको देख्न टाढा जानु परेन ।

भक्तपुरे किसानहरुले बाली कुर्न बुख्याँचा बनाएर खेतको डीलमा ठड्याउने गरेको परापूर्वकाल देखि नै हो । तर एउटै बुख्याचाले सधै काम नदिने भएपछि मालिकले विभिन्न जुक्ति निकाल्ने गर्दछन । कहिले बुख्याँचाको टाउको र  अनुहारको दिशा वदलिन्छ । कहिले रङ रोगन मात्र फेरिन्छ । कहिले उसको टोपी जुत्ता र मयलपोशसुरुवाल । तर घामपानीले मकाएर वा रङ्गरोगन उडेर परिधान आकर्षक हुन छोडेपछि नयाँ आवरण बनाएर ख्याक सजाउने धून सवार हुन्छ । समयान्तरमा त्यही आवरण थोत्रो जर्जर बनेपछि स्वयं बुख्याचा नै फेर्नु पर्ने अवस्था पनि आइपुग्छ । नयाँ पात्र निर्माण गर्नुपर्ने र त्यसलाई नयाँ खप्पर नयाँ हातपाउ र ढाड जोडेर पुनः पूर्ववत उभ्याउनु पर्ने हुदा काम गहनतम बन्छ । यति वेर किसानले दुखकष्टसाथ बुख्याँचा ठड्याउछन र पछि मेहनत नगरी बुख्याचाको श्रमलाई दासत्व भेटीको रुपमा स्वीकारेका हुन्छन ।

केही दिनयताको राजनीतिक सरगर्मी देख्ता लाग्छ आफनोलागि अन्न प्राण पद प्रतिष्ठाकादाता रही अएका जमिनदारहरुलाई अस्मिताको भेटी चडाउँदैछन नयाँ (शक्ति?)भक्तिका एकल्व्यहरु ।तीनमहिने लगातारको नकाबन्दीको असफल मिसनको घाटा पूर्ति गर्न पनि नायाँ लाक्षागृहकोनिर्माण गर्नु परेको बुझन गारो छैन । राजनीतिक खिचातानीको मारबाट अलि पाखा लागेर भर्खर खुट्टा टेक्न थालेको विचरो देशको समय साधनश्रम लुटेर फेरी उही हालतको मगन्ते वनउन सदा उद्यत छन शकुनि मामा । नदीनाला नहरपानी खानी इन्धनमा आफ्नै एकाधिकार कायम गरेरनेपालमा युगान्तकारी दासत्व थोपर्न उनको पासा सधै थर्कीमाथि बज्रिदै रहेको छ ।तर सधै एकैनास देखिने एउटै थर्की उनै पासा उही धुपौरे पात्रले काम न दिने भए पछि अर्को पासा अर्को पात्र फेरिन्छन । स्थितिले काया पलट खाएको भ्रम छरिन्छ । कपटका नयाँ आयम थपिन्छन । माक्र्सवाद पुरानो काम नदिने दर्शन भो भन्ने तर तर दर्शौ वर्षसम्म मान्छे गिँडदै हिँडेका कर्महरु रुजु हुने अनौठो दर्शन निस्कन्छ । जसको प्रतिपाद्य विषय यो ऊभन्ने छैन ।

जे गर्न भन्न पनि मिल्ने यो लोकमा यो समयमा लाक्षगृहभित्र नयाँ खेलको घोषणा हुन्छ । इतिहासले थोत्रो बनाइसकेकाझुर पात्रहरु नयाँ आवरणमा जुवाघरको वरपर चल्मलाउन थाल्छन । जेठको धूपमा बारीको एउटै प्वालबाट हजारौं छिचमिराहरु एकसाथ निस्किएको विर्साउनेगरी निस्किन्छन नयाँ शक्तिका लाउकेहरु । जुवा जितेर के के न गरी खाउला भन्दै च्याखे थाप्न तम्सिएकाछन धुपौरे पात्रहरु । संस्कृत भाषाले उपहार पदएका मीठा तत्सम शब्दहरुको भण्डार जेजसरी खेलाए पनि रित्तिदैन ।

बकम्फुसे थोत्रा अनुहारलाई जतिसुकै राम्रा सिँगार र गरगहँनाले सजाउन पनि छूट छर त्यो वर्णन गर्न पनि पर्याप्त छन शब्दहरु– समृद्ध सच्चरित्र सुशाशित शक्तिशाली सुशान्त समतामूलक समृद्धि आदिआदि ।आपूm सत्ताशक्तिको शिखरमा रहेको बेला फलानाको हत्या गर्ने मैं हुँ सक्छौ भने पकाउ गर भनेर एउटा निरीह पीडितलाई बालुवाटारको दरवारभित्रबाट चुनौती दिने, सुकुम्वासीका टाउकामाथि आधा रातमा डोजर चलाउन, उज्जन,डेकेन्द्रका हत्यारालाई वरपर राखेर संरक्षणको छहारी दिने, विशिष्टहरुको सुविधा थप्न मात्रै चौविसै घण्टा ध्याउन्न गरीराख्ने, एयरपोर्टको सुरक्षासमेत विदेशीलाई दिन तत्पर रहने सत्पात्र कस्तो लोकहितकारी समाजवादका प्रवर्तक हुने हुन, त्यो हेर्न पनि के नेपाली जनता विवस छन ? वाध्य नै छन !बासी समोसा हत्याउन हारालुछ चल्ने नेपाली राजनीतिमा नवावी पुस्ताको स्वाद दिलाउनेवीर्यानीको प्रवेशले केहीकुछ कमाल त पक्कै गरिलिनेछ ।

पृथ्वी नारायण शाहले लखेटेका फिरिङ्गीका दासहरुकोजमातले कटपूर्ण लकुकृत्य फत्ते गर्नकुनै कसर बाँकी राख्ने छैनन । प्रतिशोधको भोर्जुवामा वीपीकोसमाजवाद र माओको साम्यवादी दर्शनको अनौठो प्mयूजन भेटिनेगरी मदारीको भिउँटमा पाक्तैछ रे नयाँ खिचडी । घाम लाग्न फराक चउरमात्र चाहिँदैन घैटो पनि कम छैन । नयाँ बोतलमा पुरानो शराव त्यति नौलो न होला । तर नयाँ पुङ्गमा मर्चा न पुगेको छयाङ बासी हुनै पर्दैन, उतिबेरै गनाउँछ । विदेशीको खर्चमा तामझाम सहितको आडम्वर प्रदर्शन देखेर वर्र्षौेदेखिअस्पतालको मृत्यु शइया कुरेकी गङ्गामायालाई लाग्दो हो नेवजको नलीखुट्टो बजाएर जम्मा गरेको अनि केशव अधिकारीको लाशमाथि बसेर साउथ ब्ब्लकको वीर्यानीकोस्वद लिन जम्मा भएको भद्रभीडनिकै ठूलो पो रहेछ । सुकिला भृत्यहरुको जमात देखेर उताका मालिक भन्नेछन जय हो, नयाँ शक्तिको! फलोस फुलोस दुबो झैं मौलाएर ।