९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मनिषाको हत्या अभियुक्त चौधरीलाई जन्मकैदको माग गर्दै मुद्दा


0
Shares

नवलपरासी, असार ६ । फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषाको हत्याका अभियुक्त आशिष चौधरीलाई आजीवन कैदको माग गर्दै सरकारी वकिलको कार्यालय नवलपरासीले जिल्ला अदालत परासीमा सोमबार मुद्दा दर्ता गरेको छ ।

सरकारी वकिल रुद्र पन्थीले परिस्थितिजन्य प्रमाणका आधारमा प्रतिवादीमाथि मुद्दा दर्ता गरिएको बताए ।

कर्तव्य ज्यानअन्तर्गत् मुद्दा दर्ता गरिएको हो ।

अदालतले थुनछेकको बहस गरेर प्रतिवादीको बयान लिने र पछि मुद्दा फैसला गर्ने पन्थीले बताए । रासस