
पेरिस, असार ६ । युरोपेली फुटबल संघ (युएफा)ले जारी युरोकपका बेला उदण्ड मच्चाएको आरोपमा हंगेरी, बेल्जियम र पोर्चुगलमाथि मुद्दा दायर गरेको छ ।
खेलका बेला मैदानमा सामान फाल्ने, आतिशबाजी गर्ने लगायतका हर्कत गरेको आरोपमा मुद्दा लगाइएको युएफाले जनाएको छ ।
हंगेरी र आइसल्याण्डबीचको खेल समाप्त भएलगत्तै हंगेरीका समर्थकले खेल मैदानमा पानीको बोतल लगायतका बस्तु फालेको आरोप युएफाको छ ।
उता बेल्जियमले पनि आयरल्याण्डबिरुद्धको खेलमा जीतपछि खेल मैदानमै जथाभावी सामान फालेको आरोप लगाईएको छ ।
पोर्चुगल र अष्ट्रियाबीचको खेल बराबरीमा सकिएपछि पोर्चुगलका समर्थक बार नाघेर खेल मैदानमा प्रवेश गरेको आरोप युएफाको छ ।
हंगेरीको मामिलामा आगामी जुन २१ मा सुनुवाई हुँदैछ भने बेल्जियम र पोर्चुगलको हकमा सुनुवाईको मिति तय गरिएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्