९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


आवाजबाटै अपराधी पहिचान, सुन लुट्ने योजना पर्दाफास


0
Shares

काठमाडौं, असार ५ । विशालबजारमा सुन कारोबारी सञ्जय पाण्डेको पाँच किलो सुन लुटेको आरोपमा प्रहरी नायब निरीक्षक विजयप्रताप साह पक्राउ परे पनि उनको संलग्नता पुष्टिको बलियो प्रमाण फेला परेन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले साहको मोबाइल जाँचका क्रममा त्यसमा अटो कल रेकर्ड एप्स फेला पार्यो । त्यसपछि साहको आवाजको नमुना लिएर सुन लुट्ने योजनाको अडियो क्लिप ‘भ्वाइस इस्पेक्ट्रअ एनालाइजर’ मार्फत परीक्षण गर्दा आवाज साहकै भएको पुष्टि भयो ।

पक्राउ परेका अन्य आरोपीको बयानसँगै आवाज परीक्षणको प्रमाणले उनी पुर्पक्षका लागि थुनामा गए । साह प्रहरी अपराध महाशाखामा कार्यरत थिए ।

साहमाथिको अनुसन्धान प्रहरीले सुरु गरेको आधुनिक प्रविधिमा आधारित अनुसन्धानको प्रमावकारिताको सफल नतिजामध्ये एक हो । प्रहरीले गम्भीर प्रकृतिका ५० बढी घटनाको अनुसन्धानमा भ्वाइस इस्पेक्ट्रअ एनालाइजरको प्रयोग गरेको छ भने हजार बढीको पोलिग्राफ परीक्षण गरेको छ ।

भ्वाइस एनालाइजरको परीक्षण जनकपुर बम काण्डको अभियुक्तबाट सुरु भएको थियो । घटनामा सञ्जय साह(टकला) को संलग्नताको आशंका भए पनि प्रमाणका आधारमा प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याउन सकेको थिएन् । -केपी ढुंगाना, कान्तिपुर दैनिकबाट