९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


धर्म परिवर्तन गराउन खोजेको आरोपमा पक्राउ परेकाहरु छुटे


0
Shares

दोलखा, असार ४ । दोलखाको मोर्डन नेपाल बोर्डिङ स्कुल र माउन्ट भ्याली बोर्डिङ स्कुलका विद्यार्थीलाई जबर्जस्ती धर्म परिवर्तन गराउन खोजेको आरोपमा केही दिनअघि पक्राउ परेका आठ इसाई धर्मावलम्बी शुक्रबार रिहा भएका छन् ।

यही जेठ २७ गते सदरमुकाम चरीकोटबाट पक्राउ परेका तिनलाई प्रहरीले शुक्रबार अपराह्न जिल्ला अदालतमा पेस गरेकामा अदालतले रिहा गरेको हो ।

रिहा हुनेमा स्थानीय पादरी शक्ति पाख्रिन, टिच नेपालका प्रतिनिधि बनिता डंगोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल, भीमबहादुर तामाङ, चरीकोटस्थित माउन्ट भ्याली बोर्डिङका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाही छन् ।

जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको एकल इजलासले इसाई धर्मका पाँच प्रचारकलाई जनही रु १० हजार र अरुलाई साधारण तारेखमा रिहा गरेको हो । रासस
फाइल फोटो