
चितवन, असार २ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले चितवनमा पनि नक्कली सर्टिफिकेटको आशंकामा तीनजना डाक्टरलाई शुक्रबार पक्राउ गरेको छ ।
भरतपुरस्थित अस्पताल रोडमा रहेको प्रगति पोलिक्लिनिकबाट सीआइबी टोलीले डा. सुनिल आचार्य, डा. रजनी अग्रवाल र डा. राजन पुरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये डा. आचार्य स्वास्थ्य मन्त्रालय, डा. अग्रवाल भरतपुरको पुरानो मेडिकल कलेजमा र डा. पुरी चितवन मेडिकल कलेजमा कार्यरत् रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।
यसअघि, पनि सीआइबीले पुरानो मेडिकल कलेजबाट केही ‘नक्कली’ डाक्टर पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्