१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


धनकुटामा कबर्ड हल निर्माण अन्तिम चरणमा


0
Shares

धनकुटा, असार ३ । धनकुटामा सुविधा सम्पन्न बहुउद्देश्यीय कभर्ड हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

धनकुटा नगरपालिकाको पहलमा गत माघ महिनामा सुरु भएको कभर्ड हल निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । कभर्ड हल साउन महिनाबाट सञ्चालनमा आउने धनकुटा नगरपालिकाले जनाएको छ ।

ऐतिहासिक सल्लेरी वनमा धनकुटा नगरपालिकाको प्रयासमा दुईवटा ब्याडमिन्टन कोर्ट तथा हलमा आठ सयजना अटाउने क्षमता रहेको छ ।

धनकुटा नगरपालिका, जिल्ला विकास समिति, सांसद विकास कोष तथा सांसद क्षेत्र विकास कार्यक्रमबाट गरी करिव ६३ लाख रुपैयाँको लागतमा कभर्ड हल निर्माण गर्न लागिएको हो ।

कभर्ड हल निर्माणपछि धनकुटामा ईन्डोर खेल तथा प्रतियोगिता खुल्लाचौरमै गर्नुपर्ने बाध्यताको अन्त्य हुने छ ।