८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बेलायती सांसदको हत्या


0
Shares

लन्डन, असार ३ । बेलायतमा एक सांसदको हत्या भएको छ । उत्तरी इंग्ल्याण्डस्थित आफ्नो गृह जिल्लामा राजनीतिक कार्यक्रमको तयारी गर्दागर्दै एक आक्रमणकारीले सांसद जो कोक्समाथि गोली प्रहार गरेको थियो ।

गोली लागेर घाइते भएकी सांसद कोक्सलाई हमलाकारीले छुरा प्रहार गरेको थियो । सांसद कोक्सको अस्पतालमा मृत्यु भएको हो ।

लेबर पार्टीका तर्फबाट संसद रहेकी ४१ वर्षीया कोक्स लिड्स नजिकै ब्रिस्टलमा राजनीतिक बैठक गर्ने तयारीका क्रममा मारिएकी हुन् । घाइते कोक्सलाई एयर एम्बुलेन्स मार्फत लिड्सस्थित अस्पतालमा भर्ना गरिए पनि चिकित्सकले बचाउन सकेनन् ।

एक ५२ वर्षीय व्यक्तिलाई उक्त आक्रमणको अभियोगमा पक्राउ गरिएको छ ।

सन् १९९० यता बेलायतमा बहालवाला सांसद हत्या गरिएको यो पहिलो घटना हो । यसअघि नर्दन आइरिश विद्रोहीको आक्रमणमा ईयान गो मारिएका थिए । (एजेन्सी)