९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


अनधिकृतरुपमा बालुवा र ढुंगाा निकाल्नेहरु समातिए


0
Shares

झापा, असार २ । झापामा अनधिकृतरुपमा प्राकृतिक स्रोत दोहन गर्न खोज्ने केही व्यक्ति र उनीहरुका गाडीलाई इलाका प्रहरी कार्यालय अनारमनीले विहीबार नियन्त्रणमा लिएको छ ।

नेपाल सरकारले असार १ गतेदेखि भदौ महिनासम्म नदीजन्य पदार्थलाई खोलानालाबाट दोहन गरी ओसारपसार र बिक्री गर्न रोक लगाएको हो ।

यो निर्देशनलाई अटेर गरी झापाको विरिङ खोलाबाट अन्धाधुन्द टिपर र ट्र्याक्टर छिराएर नदीजन्य पदार्थ निकाल्न खोज्नेहरु पक्राउमा परेका हुन् ।

नियन्त्रणमा लिइएका सवारीसाधनमा १५ ओटा ट्र्याक्टर, ६ ओटा टिपर र एक जेसीवी छन् ।

जिल्ला विकास समिति झापाले नियमविपरीत प्राकृतिक स्रोत दोहन गर्ने ट्र्याक्टरलाई रु ६ हजार, टिपरलाई रु १५ हजार र जेसीवीलाई रु २५ हजार जरिवाना तोकेको छ । रासस