८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


फ्लोरिडा हत्याकाण्डः अभियुक्तकी श्रीमतीलाई कारवाही हुनसक्ने


0
Shares

काठमाडौं, असार १ । अमेरिकाको फ्लोरिडा हत्याकाण्डका अभियुक्त उमर मतीनकी श्रीमती नुर मतीनलाई घटनाका बारे पूर्वजानकारी भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।

हत्याकाण्ड भएको नाईट क्लबमा केही महिना अघि आफ्ना पतिसँग पुगेकी नुर मतीन हतियार खरिद गर्दासमेत सँगै रहेको बताइएको छ । तर पतिले हतियार खरिद  गरेकोबारे प्रहरीलाई जानकारी नगराएको भन्दै उनीमाथि अनुसन्धान सु्रु  गरिएको हो ।

नाइट क्लबमा प्रवेश गर्ने क्रममा आफ्ना पतिले आफू समलिंगीको विरोधमा रहेको जानकारी आफूलाई दिएको सुरक्षाकर्मीको बयानमा उनले बताएकी थिईन ।

यद्यपी नुर मतीनले आफ्ना पतिको मानसिक स्थिति केही हदसम्म ठीक नभएका कारण घटना हुन गएको बताएकी छन् ।

यसैबीच हत्यारा उमर मतीनले एकपल्ट अन्धाधुन्ध गोली प्रहार गरी क्लब बाहिर जाने बेलामा पुनः प्रवेश गरी दोहोर्‍याएर गोली प्रहार गरेको खुलासा भएको छ ।

अफगानी मुलका अमेरिकी नागरिक मतिनले गे नाइट क्लबमा शनिबार राति अन्धाधुन्ध गोली प्रहार गर्दा ५० जनाको मृत्यु भएको थियो । (एजेन्सी)