९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


एनसेलको टावरमा आक्रमण गर्ने चारजना पक्राउ


0
Shares

बनेपा, असार १ । काभ्रेपलाञ्चोकको गैरीबिसौना देउपुरमा रहेको एनसेलको टावरमा क्षति पु¥याएको आरोपमा प्रहरीले मङ्गलबार चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का २७ वर्षीय रमन परियार, पाँचखाल–३ का ३७ वर्षीय लालबहादुर विक, पनौती नगरपालिका–११ का ४३ वर्षीय श्याम श्रेष्ठ र नयाँगाउँ देउपुर–३ चमारसिंह तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेकपा माओवादीका जिल्लास्तरीय ती नेतालाई आगजनी मुद्दामा जिल्ला अदालत, धुलिखेलबाट म्याद थप गरी अनुसन्धान भइरेहको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । उनीहरुलाई यही जेठ २९ गते राति एनसेल टावरमा क्षति पु¥याएको आरोप लगाइएको छ । (रासस)