९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बोल्न नसक्ने महिलामाथि ‘सामूहिक बलात्कार’, सशस्त्र प्रहरीका जवानले गरेको आरोप


0
Shares

कपिलवस्तु, जेठ ३१ । कपिलवस्तुको शिवराज नगरपालिका–१० मा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

आइतबार साँझ करिब ८ बजे ३५ वर्षकी बोल्न नसक्ने थारू महिला बलात्कृत भएको प्रहरीले जनाएको छ ।

चन्द्रौटामा रहेको सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको पश्चिमतिर सो घटना भएको हो ।

पीडित महिला भैंसी चराउन आएको बेला सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणका जवानले सामूहिक बलात्कार गरेको गाउँलेको आरोप छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको गेम ड्रेस, एक जोर चप्पल, चुरा र साबुन फेलापरेको छ ।

फेलापरेका सामान र घटनास्थलको प्रकृतिका आधारमा सशस्त्र प्रहरीले नै बलात्कार गरेको हुनसक्ने अनुमान गरिएको छ ।

घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले सशस्त्र प्रहरीका एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिमाथि छानबिन गरी घटनाको विवरण सार्वजनिक गरिने प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले बताए । रासस