
काठमाडौं, जेठ ३१ । संयुक्तराज्य अमेरिकाको ओर्ल्यान्डो टेक्सास राज्यको एक नाइट क्लबमा ५० जनाको ज्यान जाने गरी भएको गोलीकान्डको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।
सरकारले निर्दोष जनतामाथि बर्बरतापूर्वक गरिएको हमलाको निन्दा गरेको छ र घटनामा परी ज्यान गुमाएकाको परिवारजनप्रति सहानुभूति प्रकट गरेको छ ।
नेपाल सरकारले यस घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउने आशा पनि व्यक्त गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्