
काठमाडौं, जेठ २९ । फ्रान्समा जारी युरोकप फुटबलमा शनिबार तीन खेल हुँदैछन् ।
पहिलो खेलमा नेपाली समयअनुसार साँझ पौने ७ बजे स्वीट्जरल्यान्ड र अल्बानिया भिड्दै छन् ।
त्यस्तै, राति पौने १० बजे वेल्स र स्लोभाकिया तथा राति (आइतबार बिहान) पौने १ बजे इंग्ल्यान्ड र रुसबीच भिडन्त हुँदैछ ।
इंग्ल्यान्डका हुल्याहा दर्शकका कारण पनि यो खेलमा सुरक्षा व्यवस्था कडा पार्ने बताइएको छ ।
यता, रोमानियामाथि २–१ को रोमान्चक जित दर्ता गर्दै आयोजक राष्ट्र फ्रान्सले विजयी सुरुआत गरेको छ ।
शुक्रबार बिहान सम्पन्न उद्घाटन खेलमा फ्रान्सलाई जिताउन ओलिभर जिरर्ड र दिमित्री पायटले एक–एक गोल गरे ।
प्रतिक्रिया दिनुहोस्