१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


मोहम्मद अलीको अन्त्येष्टी गरियो, ओबामाले पठाए सन्देश


0
Shares

काठमाडौं, जेठ २९ । तीन पटकका विश्व च्याम्पियन अमेरिकी बक्सर मोहम्मद अलीको अन्त्येष्टी गरिएको छ ।

७४ वर्षको उमेरमा गत शनिबार निधन भएका बक्सर अलीको गएराति अमेरिकाको केन्टकीस्थित गृह नगर लुइविलमा एक सर्वधर्म श्रद्धान्जली सभा गरेर अन्त्येष्टी गरिएको हो ।

श्रद्धान्जली सभामा हजारौं मानिसको भीड लागेको थियो । सभामा मुस्लिम, इसाइ, यहुदी र अरु समुदायका मानिस उपस्थित थिए ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफू आउन नसकेपछि श्रद्धान्जली सन्देश पठाएका थिए ।

उनले अली यो युगकै महान तारा रहेको बताए । सन् १९८१ मा व्यावसायिक बक्सिङ खेलबाट सन्यास लिएका अलीले १२ वर्षको उमेरदेखि बक्सिङ खेल्न थालेका थिए ।

उनी सन् १९६४, १९७४ र १९७८ मा विश्व हेभीवेट बक्सिङ च्याम्पियन बनेका थिए ।