२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गोपाल गुरुङको ८५ वर्षको उमेरमा निधन


0
Shares

काठमाडौं, जेठ २८ । मंगोल नेसनल अर्गनाइजेसन नामका संगठनका अध्यक्ष गोपाल गुरुङको शुक्रबार ८५ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको अल्का अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेका गुरुङको शुक्रबार बिहान निधन भएको हो ।

‘हिडन फ्याक्ट इन नेप्लिज पोलिटिक्स’ पुस्तक लेखेका गुरुङ पञ्चायकालदेखि नै गणतन्त्रवादी भएपनि जातीय राज्यको भने विपक्षमा थिए ।

संघ र प्रदेशहरुको नाम जातीय आधारमा नभइ नदीनाला र भूगोलको आधारमा राखिनुपर्ने उनको धारणा थियो ।

गुरुङको अन्त्येष्टि शनिबार (भोलि) गरिने जनाइएको छ । गुरुङका छोरा अष्ट्रेलियामा बस्दै आएका छन् ।

फाइल फोटो