८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कोठामा सुतिरहेकी युवतीमाथि अज्ञात समुहद्वारा छुरा प्रहार


0
Shares

झापा, जेठ २८ । झापाको शान्तिनगरमा बिहीबार अज्ञात समूहले छुरा प्रहार गर्दा एक युवती घाइते भएकी छन् ।

शान्तिनगर–४ बस्ने २१ बर्षीया बिमला तामाङ आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा ३÷४ जना अपरिचित ब्यक्ति आई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाइते तामाङको बिर्तामोडस्थित बिएनसी अस्पतालमा उपचार भईरहेको छ भने छुरा प्रहर गर्ने समुहको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।