१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


रोनाल्डो विश्वकै धनी खेलाडी, मेसी दोस्रो, शीर्ष पाँचमा को–को ?


0
Shares

काठमाडौं, जेठ २७ । लियोनल मेसीलाई पछि पार्दै पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक धनी खेलाडी बनेका छन् ।

अमेरिकी पत्रिका ‘फोर्ब्स’ले हरेक वर्ष प्रकाशित गर्दै आएको धनी खेलाडीहरुको ताजा सूचीमा रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीलाई पछि पार्दै शीर्ष स्थान ओगटेका हुन् ।

रोनाल्डोले अघिल्लो वर्ष ८८ लाख अमेरिकी डलर आम्दानी गर्दा दोस्रो स्थानका मेसीले ८१ लाख ४० हजार अमेरिकी डलर आम्दानी गरेको फोर्ब्सले जनाएको छ ।

फोर्ब्सको सूचीको तेस्रो स्थानमा अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्स, चौंथो स्थानमा स्वीस टेनिस स्टार रोजर फेडेरर र पाँचौ स्थानमा अमेरिकी फुटबल खेलाडी क्यामरुन नेवटन रहेका छन् ।

पछिल्लो १६ वर्षमा यो सूचीको शीर्ष स्थानमा पर्ने रोनाल्डो पहिलो फुटबल खेलाडी हुन् ।

सन् २००० देखि अघिल्लो वर्षसम्म यो सूचीमा विश्व प्रसिद्ध बक्सर फ्लोयड मेवेदरले शीर्ष स्थान ओगट्दै आइरहेका थिए ।

मेवेदरले खेल जीवनबाट सन्यास लिएसँगै रोनाल्डो शीर्ष स्थानमा परेका हुन् ।