
काठमाडौं, जेठ २७ । कोपा अमेरिका फुटबलअन्तर्गत समुह बी कै अर्को खेलमा ईक्वेडर र पेरुले २÷२ गोलको बराबरी खेलेका छन् ।
कुनै समय खेलमा २–० को अग्रता लिएको पेरुले आफ्नो अग्रता जोगाउन नसक्दा बराबरीमा खुम्चिनुपरेको हो ।
खेलको पहिलो हाफमै पेरुका क्रिस्चियन क्युभा र एडिसन प्mलोरेसले एक–एक गोल गरे । ईक्वेडरका ईनर भ्यालेन्सियाले एक गोल फर्काएपछि मध्यान्तरसम्म पेरुले २–१ को अग्रता लियो ।
दोस्रो हाफको चौथो मिनेटमै मिलर बोलानोसले गोल गर्दै ईक्वेडरलाई खेलमा फर्काए । यसपछि कुनै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा सकाउँदै दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।
प्रतिक्रिया दिनुहोस्