८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मोदी अमेरिकामै हुँदा २५ भारतीय छात्र अमेरिकी विश्वविद्यालयबाट निश्कासित


0
Shares

वासिङ्टन, जेठ २६ । अमेरिकाको एउटा विश्वविद्यालयले २५ भारतीय छात्रलाई निश्कासन गरेको छ ।

समाचार एजेन्सीहरुका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा रहेकै समयमा ती विद्यार्थीलाई निश्कासन गरिएको हो ।

न्यूयोर्क टाइम्सका अनुसार पश्चिमी केन्टकी विश्वविद्यालयमा कम्प्युटर विज्ञान विषयको पहिलो सेमेस्टरमा अध्ययनरत २५ भारतीय छात्रलाई विश्वविद्यालय छाड्न निर्देशन दिइएको हो । उनीहरुलाई विश्वविद्यालयको प्रवेश मापदण्ड पुरा नगरेको आरोप लगाइएको छ ।

यसै वर्ष जनवरीमा पश्चिमी केन्टकी विश्वविद्यालयमा ६० भारतीय छात्रलाई कम्प्युटर विज्ञान कार्यक्रमका लागि छानिएको थियो । कम्प्युटर विज्ञान कार्यक्रमका अध्यक्ष जेम्स गेरीका अनुसार करिब ४० छात्रले भर्नासम्बन्धी शर्त पुरा गरेका छैनन् । उनीहरुलाई विश्वविद्यालयको शर्त पुरा गर्नका लागि समयसमेत दिइएको उल्लेख गर्दै उनले भने, ‘शर्त पुरा गर्न नसकेका २५ जनालाई फर्काइएको हो ।’ (एजेन्सी)