
काठमाडौं, जेठ २६ । पाराग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा पाराग्वेमाथि २–१ को जित निकाल्दै कोलम्बियाले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
पहिलो खेलमा आयोजक अमेरिकालाई हराएको कोलम्बियाले लगातार दुई खेल जित्दै ६ अंक जोडेको छ ।
बुधबारको खेलमा कोलम्बियाका कार्लोस बाक्का र हामेज रोड्रिग्वेजले पहिलो हाफमै एक–एक गोल गरेका थिए ।
दोस्रो हाफमा पाराग्वेका भिक्टर आयालाले एक गोल गरेपछि खेल कोलम्बियाले २–१ ले जितेको हो ।
दुई खेलबाट ६ अंक जोडेको कोलम्बिया समूह ‘ए’को शीर्ष स्थानमा छ भने ३ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । पाराग्वे र कोस्टारिकाले १–१ अंक जोडेका छन् ।
प्रतिक्रिया दिनुहोस्