
मुम्बई, जेठ २६ । मुम्बईमा प्रहरीले बेश्याबृत्ती संलग्न रहेको अवस्थामा दुई टेलिभिजन स्टारलाई पक्राउ गरेको छ । प्रहरीले एउटा अखडामा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
भारतीय संचारमाध्यमका अनुसार गोरेगाउस्थित मुम्बई प्रहरीको सोशल सर्भिस ब्रान्च (एसएसबी) ले हाइ प्रोफाइल संलग्न यौनधन्दा पर्दाफास गरेको हो । सोमाबार राति अबेर छापा मार्ने क्रममा एउटा मलबाहिर दुई टेलिभिजन नायिकालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये एक ‘सावधान इन्डिया’ नामक टेलिभिजन शृंखलाकी नायिका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्ने अन्यमा एक मराठी नायिका र एक र्याम्प मोडलसमेत छन् ।
बेश्याबृत्तीमा संलग्न यी कलाकारले ५० हजारदेखि १ लाख रुपैयाँसम्म रकम लिने गरेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ । उनीहरुलाई हाई प्रोफाइल व्यावसायी तथा कर्पोरेट ग्राहकसँग पठाउने गरिएको पनि प्रहरीले खुलासा गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्