१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


स्पेन पराजित, कीर्गिस्तानको पोस्टमा इरानको आधादर्जन गोल


0
Shares

काठमाडौं, जेठ २६ । युरोकप फुटबलको अन्तिम अभ्यास खेलमा स्पेन पराजित भएको छ ।

साविक युरोपियन विजेता स्पेनलाई कमजोर मानिएको जर्जियाले १–० ले हराएको हो ।

मंगलबार राति भएको खेलमा जर्जियालाई विजयी गराउन टोर्नीके ओक्रिसभिलीले निर्णायक गोल गरे ।

डिफेन्डर योर्डी अल्बाको गलत पासको फाइदा उठाउँदै जर्जियन खेलाडीले गोल गरेका हुन् ।

मंगलबार राति नै भएको अर्को खेलमा डेनमार्कले बुल्गेरियालाई ४–० ले हराउँदा ग्रीसले अष्ट्रेलियालाई २–१ ले हराएको छ ।

यसैगरी, बोस्नियाले जापानलाई २–१ ले हराउँदा इरानले कीर्गिस्तानलाई ६–० ले पराजित गरेको छ ।