८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘रिमोर्ट कन्ट्रोल’बाट विस्फोट, ७ प्रहरी अधिकृतसहित ११ जना मारिए


0
Shares

काठमाडौं, जेठ २५ । टर्कीको इस्तानबुलमा प्रहरीको बसलाई लक्षित गरी गराइएको कारबम विस्फोटमा मंगलबार कम्तिमा ११ जना मारिएका छन् ।

मारिनेमा चार सर्वसाधरण र सात प्रहरी अधिकृत छन् । विस्फोटमा अरु ३६ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

बिहानको व्यस्त समयमा ‘रिमोर्ट कन्ट्रोल’बाट विस्फोट गराइएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । विस्फोटका कारण आसपासका भवनमासमेत क्षति पुगेको छ ।

विस्फोटलगत्तै त्यस क्षेत्रमा गोली हानाहानसमेत भएको बताइएको छ ।

टर्कीमा ‘आइएस’ र कुर्दिस लडाकूले सशस्त्र गतिविधि तीव्र पारे पनि यो विस्फोटको जिम्मा कसैले लिएको छैन । (एजेन्सी)