१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


भलिबल संघको वार्षिक कार्यक्रम प्रस्तुत


0
Shares

काठमाडौं, जेठ २३ । नेपाल भलिबल संघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिले संघको वार्षिक कार्यक्रम प्रस्तुत गरेको छ ।

राजधानीमा आज पत्रकार सम्मेलन आयोजना गर्दै संघले वार्षिक कार्यक्रम प्रस्तुत गरेको हो । संघले आफ्नो वार्षिक क्यालेन्डरमा स्कुलस्तरमा राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गर्ने, पुरुष र महिला राष्ट्रिय भलिबल टोलीलाई मैत्रीपुर्ण खेलको ब्यवस्था गरी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार राख्ने, बिच भलिबल प्रतियोगिता सञ्चालन गर्ने, खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गर्ने लगायतका कार्यक्रमहरु समावेश गरेको छ ।

यी विभिन्न कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषदले संघलाई विनियोजन गरेको रकम ज्यादै न्युन भएकाले कर्पोरेट सेक्टरसँग सहकार्य गरी आवश्यक रकम जुटाउने संघका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।

गत वैशाख १ गते मनोरञ्जनरमण शर्माको अध्यक्षतामा भलिबल संघको नयाँ कार्य समिति चयन भएको थियो ।