१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


पहिलो खेलमै कोसोभोको छलाङ


0
Shares

काठमाडौं, जेठ २२ । कोसोभो आफ्नो पहिलो आधिकारिकरुपमा मान्यताप्राप्त अन्तर्राष्ट्रिय फुटबल खेलमा विजयी भएको छ ।

कोसोभोले शुक्रबार राति भएको खेलमा फेरो आइल्यान्ड्सलाई २–० ले हराएको हो ।

झन्डै एक घन्टाको खेल १० खेलाडीलेमात्र खेले पनि कोसोभोले फेरो आइल्यान्ड्सलाई पराजित गरेको हो ।

४४औं मिनेटमा अल्बर्ट बन्जाकुले गोल गर्दै कोसोभोलाई सुरुआती अग्रता दिलाए । बन्जाकु कोसोभोका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि बनेका छन् ।

त्यसको केही समयअघिमात्रै बर्सन्ट सेलिना रातोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि कोसोभो १० खेलाडीमा सीमित भएको थियो ।

जर्मनीको फ्रायांकफर्टमा भएको खेलमा अन्तिम समयमा एलबेसान रशानीले गोल गर्दै कोसोभोलाई जित दिलाए ।

कोसोभोले गएको मे १३ मा फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय फिफाको सदस्यता पाएको थियो ।

त्यसअघि, कोसोभोले युरोपियन फुटबलको प्रशासकीय निकाय (युइएफए)को सदस्यता पाएको थियो ।